१२ जेष्ठ÷कोलकत्ता नाइट राइडर्सलाई पराजित गदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपियल)को फाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानी स्टार रसिद खानले अलराउन्ड प्रदर्शन गरेपछि गएराति भएको दोस्रो क्वालिफायरमा कोलकत्तालाई १३ रनले स्तब्ध पादै हैदरावादले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । कोलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । हैदरावादलाई जिताउन रसिद खानले ब्याटिङ, बलिङ र फिल्डिङ तीन वटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङतर्फ १० बलमा ४ छक्का र २ चौकासहित ३४ रन बनाए भने बलिङतर्फ उनले तीन विकेट लिए । १७५ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा नौ विकेट गुमाउँदै १६० रन मात्र जोड्न सफल भयो । कोलकाताका लागि क्रिस लिनले सर्वा्धिक ४८ रन बनाए भने शुभ्मन गिलले ३०, सुनिल नराइनले २६ र नितिस रानाले २२ रन जोडे । कोलकाताको ब्याटिङलाई निस्तेज पार्नका लागि रसिद खानले तीन विकेट लिँदा सिद्धार्थ कौल र कार्लोस ब्राथवेटले २(२ विकेट लिए । शकिव अल हसनले पनि एक विकेट हात पारे । प्रतियोगिताको उपाधिका लागि हैदरावादले भोलि चेन्नई सुपर किङ्को सामना गर्नेछ । प्लेअफमा चेन्नईले हैदरावादलाई नै हराएको थियो ।
Related Articles
Economic Graffiti: A Hinduism more tolerant At the Ramakrishna Mission complex in Kolkata, a different face of the religion is visible from what is propagated by Hindutva
९ असार २०७५, शनिबार ०३:२९
नेपाली काँगे्रसलाई गम्भिर अवस्थाबाट बचाउन अझै सक्रिय बन्छु ः काँगे्रस नेता के.वी गुरुङ
४ असार २०७५, सोमबार १६:३१
पर्सामा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो
२४ बैशाख २०७७, बुधबार १३:०५
जेठ १४ गतेको सिसिटिभी फुटेज रिकभर, समिति सदस्य भन्छन्- हामीले केही बुझेनौँ
१० श्रावण २०७९, मंगलवार ०७:५७
Check Also
Close
-
राष्ट्रपति भण्डारीद्धारा विवादित अध्यादेश खारेज
१२ बैशाख २०७७, शुक्रबार १३:२३