breakingसमाचार

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६ नेपालीसहित १९ पुग्यो

मलेसिया ÷मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउनेकोे संख्या १९ पुगेको छ । जसमध्ये ६ जना नेपालीको ज्यान गएको छ भने १६ जना बिरामी परेको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।
विषाक्त मदिराका कारण मृत्यु हुनेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घले रहेका छन् ।
यसैगरी बिरामी हुनेमा संखुवासभाका लुंगनाथ मगर, सिन्धुलीका जितबहादुर माझी, बर्दियाका प्रविन थारु, सुनसरीका दुर्गाबहादुर राई, रोल्पाका भागीमान डाँगी, बाराका राधेश्याम बैठा, रुपन्देहीका रामचन्द्र लोध, गोरखाका लोकबहादुर बराम, सर्लाहीका रिखामान स्याङतान, नवलपरासीका दुर्गा सिंह राना, पाँचथरका सेतेवीर तुम्बाप्पो, मोरङका जम्वीरलाल झाँगड, ठेगाना नखुलेका सरु मगर, सुकुवल घिसिङ, राजेश कुमार र विमल कार्की छन् । उनीहरुको मलेसियाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्म बिरामी पर्नेको संख्या ५१ पुगेको छ । बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र इन्डियाका नागरिक रहेका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button