विश्व
अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दावी
तेहरान, असार ५ । इरानले अमेरिकी मानवरहित जासुसी ड्रोन विमान खसालेको दाबी गरेको छ । इराकको हवाई क्षेत्रमा उडेको उक्त अमेरिकी ड्रोन दक्षिणी हारमोज्गान प्रान्तको कुहमोबारक नजिक अन्तर्राष्ट्रिय तेल निर्यात मार्गमा खसालेको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ । तर अमेरिकी सेनाले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । पेन्टागनले मध्यपूर्वमा थप १ हजार सेना पठाउने निर्णय गरेको भोलिपल्टै यो घटना भएको हो । केही दिनअघि मात्र ओमानको खाडी क्षेत्रमा तेल ट्याङकरमा इरानले आक्रमण गरेको वासिंटनको आरोप छ ।
तर तेहेरानले भने आरोप अस्वीकार गरेको छ । पछिल्लो समय अमेरिकासँगको सम्बन्ध थप चिसिरहेका बेला इरानले आगामी साताबाट यूरेनियम सम्बर्द्धन फेरि शुरु गर्ने जनाएको छ ।
