समाचार
पहिरोका कारण बीपी र मध्यपहाडी लोकमार्ग जोखिममा
१३ असार, काठमाडौैँ÷ पहिरोका कारण सिन्धुलीको बीपी र मध्यपहाडी लोकमार्गलगायतका सडक जोखिममा परेका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत हैवार भीरमा बगिरहने पहिरोले सडकमा यातायातका साधन निर्वाध सञ्चालन गर्न कठिनाइ भइरहेको हो । लोकमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौंबाट सिन्धुली, रामेछाप, खोटाङ, ओखलढुंगा, उदयपुर पुग्ने यात्रुलाई असुविधा हुँदै आएको छ । यता, बीपी राजमार्गमा दैनिक तीन हजारभन्दा बढी सार्वजनिक यातायातको आवागमन बढ्न जाँदा साँघुरो एक लेनको सडकमा ट्राफिक व्यवस्थापन गर्नसमेत समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।