समाचारनेपाली कांग्रेस

संविधान प्रतिकूल बिधेयक फिर्ता लिन सरकारलाई काँगे्रसको चेतावनी

१ जेष्ठ, काठमाडौैँ÷ प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका तीन बिधेयक फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । काँगे्रसले मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको हो । नेपाली कांग्रेस संसदीय दलको बुधवार सिंहदरबारमा बसेको बैठकले तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
कांग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धी विधेयकले प्रेस स्वतन्त्रताको हनन गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको खिल्ली उठाउने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई नै प्रयोजनहिन बनाउने निष्कर्ष निकालेको छ । विधेयक तत्काल फिर्ता गरेर संसदलाई सहज ढंगले संचालन नगरे सरकारविरुद्ध सडक र सदन दुवैमा संघर्ष चर्काउने चेतावनी कागे्रसले दिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button