breakingवी पी विचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाज चितवन क्षेत्र नम्बर ३ को नयाँ कार्य समिति गठन

वीपी बिचार राष्ट्रिय समाज चितवन क्षेत्र नम्बर ३ ले पुर्णता पाएको छ । समाजका अध्यक्ष कमलनाथ पौडेलको अध्यक्षतामा भएको भेलाले १९ सदस्यीता नयाँ कार्य समिति गठन गरेसँगै पूर्णता पाएको हो ।
यस अघिको बैठकमा पौडेललाई अध्यक्षमा चयन गरिए पनि बाँकी कार्य समितिहरु भने चयन गर्न बाँकी रहेको थियो । वीपी बिचार राष्ट्रिय समाज चितवन जिल्ला संयोजक डा. हरी प्रसाद कडेलको प्रमुख आतिथ्यतामा भएको बैठकले युवराज क्षेत्री सह संयोजक, लक्ष्मी प्रसाद सापकोटा सचिवमा, भरत घिमिरे कोषध्यक्षमा, डिलु गुरुङ सह सचिवमा चयन गरेको छ ।
यस्तै सदस्यहरुमा प्रनीसा गुरुङ, दुर्गा कंडेल, गंगा घिमिरे, मोहनलाल अधिकारी, अमित पाण्डे, सुर्य भक्त न्यौपाने, धन बहादुर बि।क, राजेन्द्र अधिकारी, शिव प्रसाद सुबेदी, रमेश शर्मा, कृष्ण ढकाल, बिष्णु प्रसाद पौडेल, ईश्वरी प्रसाद चापागाई र शरद चन्द्र आचार्यलाई चयन गरिएको छ ।

Show More

Related Articles

Back to top button