समाचार

कोरोना महामारीबाट लड्न आइएमएफले ५० अर्ब डलर आर्थिक सहायत घोषणा

२२ फागुन
महामारीको रुप लिएको कोभिड १९ कोरोना भाइरससँग लड्न अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफले ५० अर्ब अमेरिकी डलर आर्थिक सहायता घोषणा गरेको छ । प्रभावित मुलुकहरुलाई कोरोनासँग लड्न आइएमएफले आर्थिक सहायता घोषणा गरेको हो ।
सरुवा रोगसँग लड्न नसक्ने र कमजोर स्वास्थ्य प्रणाली भएका गरीब र मध्यम आय भएका मुलुकहरुले उक्त सहायता पाउनेछन् । विश्व बैंकले पनि कोरोना भाइरसको असर न्यूनीकरण गर्न १२ अर्ब अमेरिकी डलरको आपत्कालीन सहयोग घोषणा गरेको छ । विकासशील राष्ट्रका लागि यो सहयोग फास्ट ट्रयाकबाट उपलब्ध गराइने बैंकले जनाएको छ ।

Show More

Related Articles

Back to top button