समाचार
वीपी विचार डटकमको शुभारम्भ
काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं वीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङ्गले वीपी विचार डटकमको प्रकाशन शुभारम्भ गर्नु भएको छ । वीपी कोइरालाको राजनीतिक , सामाजिक , आर्थिक र सांस्कृतिक चिन्तन अनि दर्शनलाई आम नागरिकका सामु पुर्याउने उद्धेश्यका साथ अनलाइन पत्रिका संचालन गरेको समाजका सहसभापति गोविन्दराज जोशीले बताउनु भएको छ । कार्यक्रम समाजको कार्यालय चण्डोलमा चलिरहेको छ । समारोहलाई सभापति गुरुङ्गले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।
