समाचार

विप्लव समूका कार्यकर्तासंग प्रहरीको दोहोरो भिडन्त, एक जनाको मृत्यु

सर्लाही– सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको छ । लालबन्दी नगरपालिका–१ स्थित जंगलमा बिहीबार भिडन्त भएको हो।
भिडन्तमा विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका छन । प्रहरीलाई आक्रमण गरेकाले जवाफी कारबाही भएको प्रवक्ता डिआइजी विश्व पोखरेलले जानकारी दिए ।
दुईवटा मोटरसाइकलमा चार जना आएकोमा एक जनाको मृत्यु भएको र तीन जना फरार भएको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button