समाचार
सल्यानमा यात्रुबहाक बस दुर्घटना, एकको मृत्यु , २० घाइते ।
६ जेठ, काठमाडौं । सल्यानमा यात्रु बहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सल्ले बजार नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।
रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
