समाचार

इन्टरनेट सुविधा निशुल्क गराउन नेविसंघको माग

 
२१ बैशाख, काठमाडौ
नेपाल विद्यार्थी संघले इन्टरनेट सुविधा निशुल्क उपलब्ध गराउन माग गरेको छ । निशुल्क इन्टरनेट सेवाको पहल गर्न नेविसंघले आज नेपाल दूरसञ्चार संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापनपत्र बुझाएको हो ।कोरोना भाइरस संक्रमणको त्रासले सम्पुर्ण शिक्षालयहरु ठप्प रहेको अवस्थामा अनलाइन शिक्षा नै अहिलेको माग र आवश्यकता रहेको नेविसंघ अध्यक्ष राजीव ढुगांनाद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
 
इन्टरनेट सुविधा सर्वसुलभ र सबैको पहुँचमा पर्याउन नेविसंघले माग गरेको र त्यही अनुसार सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको महामन्त्री उर्मिला थपलियाले जानकारी दिनुभयो । नेविसंघले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतको बजेटको सदुपयोग गर्न तथा अन्य आवश्यक प्रबन्ध गर्न समेत आग्रह गरेको छ । हाल नेपालमा ७० लाख विद्यार्थी विभिन्न तहमा अध्ययनरत रहेको अनुमान गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button