समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु, चार घाइते ।

मकवानपुर, जेठ २३ । मकवानपुरको बकैया गाउँपालिकाको च्याउच्याउमा परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।
हावाहुरीसँगै गएराति परेको चट्याङ लागेर ५५ वर्षीया छलिमाया थिङ र उनका १५ महिने नाती देव थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा निर्मला भ्लोन, निमेष भ्लोन, निशा भ्लोन र राजु थिङ रहेका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button