समाचार

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त गोरेकोे बयान शुक्रवार पनि जारी÷ गोरेको वयानको आधारमा नेकपाका कार्यकर्ता पक्राउ

११ जेष्ठ÷ साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई शुक्रवार तेस्रो दिन पनि बयानका लागि जिल्ला अदालत मोरङ लगिएको छ । दुई दिन सम्म बयान लिए पनि नसकिएपछि आज पुन बयानकै लागि उनलाई अदालत लगिएको हो । गोरेलाई अदालत लैजाँदा र अदालतबाट निकाल्दा कडा सुरक्षा व्यवस्था अपनाउने गरिएको छ । आफूमाथि असुरक्षा बढेको भन्दै गोरेले मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा बस्न पाउनु पर्ने माग गरेपछि अदालत पु¥याउँदा र फर्काउँदा पनि सुरक्षा व्यवस्था कडा गरिएको छ । हिजो सम्ममा गोरेसँग १६ पृष्ठको बयान लिइ सकिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा उनीसँग बयान लिने काम भइरहेको छ । गोरेको बयान आज सकिए पर्सी आइतबार थुनछेक बहस हुने अदालत स्रोतले बतायो ।
सुन तस्करी र सनम हत्या प्रकरणमा ६३ अभियुक्त विरुद्ध सुन तस्करी र सनम हत्या काण्डमा जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत बैशाख १९ गते मुद्दा दर्ता गरिएको थियो । जसमा एसएसपी श्यामबहादुर खत्री सहित ३२ जना अझै फरार रहेका छन् । मंगलबार पक्राउ परेका गोरे अदालतमा बयान दिइरहेका छन् । २८ जना पुर्पक्षका लागि थुनामा छन् । दुईजना धरौटी र साधारण तारेखमा छुटिसकेका छन् ।
सुनकाण्डमा गोरेसंग कनेक्सन भएका अर्का पक्राउ
साढे ३३ किलो सुनकाण्ड र सनम हत्याकाण्डमा मुछिएका चुडामणि उप्रेती गोरेसँग कनेक्सन भएका अर्का व्यक्ति पक्राउ परेका छन् । गोरेले दिएको बयानका आधारमा मोरङको उर्लाबारी नगरपालिका–२ का नेपाल कम्यूनिष्ट पार्टीका नेता रेवत भनिने रेवन्त कुमार आचार्यलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार सनम शाक्यको हत्याका लागि ब्याट्रि र तार उपलब्ध गराएको तथा सुन तस्करीमा समेत संलग्न रहेको हुनसक्ने आशंकामा पक्राउ गरिएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासता राखिएको छ । आचार्यले सनम शाक्य, मोहन काफ्ले र नरेन्द्र कार्की सहितलाई गोरेले करेन्ट लगाउँदा ब्याट्री र तारहरु उपलब्ध गराएको आरोप लगाइएको छ ।।

nema
Show More

Related Articles

Back to top button