अन्तर्वार्ता

जनीतिक बिश्लेषक सुवेदी भन्छन् : ओली 'पेपर टाइगर',माधव 'ब्लाक हर्स' र प्रचण्ड 'गेम स्काेरर' हुन् (भिडियो)

बिहिबार, १० जेठ २०७५ गते प्रकाशित

राजनीतिक बिश्लेषक सुवेदी भन्छन् : ओली 'पेपर टाइगर',माधव 'ब्लाक हर्स' र प्रचण्ड 'गेम स्काेरर' हुन् (भिडियो)

काठमाडौं । अरुणकुमार सुवेदी नेपालआज डट कमका भिडियो स्तम्भकार हुनुहुन्छ । ‘कुरा खस्रा मीठा’ नामक स्तम्भको यसपटकको कुराकानीमा सुवेदीले नेपालको राजनीतिलाई अन्तर्राष्ट्रिय राजनीतिसँगको सम्बन्धबारे केलाउनु भएको छ । त्यतिमात्रै होइन उनले सरकारले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रमबारे पनि बोल्नु भएको छ ।
 
सुवेदीको मतमा नेपालमा एमाले र माओवादीको मिलन स्वभाविक थिएन । तर यो सम्भव भयो । दुवै पार्टीले नछाड्ने भनेका विषयहरु पनि छाडे । अर्कोतिर केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको केमेस्ट्री पनि मिलेको छ । भारतसँग नजिक सम्बन्ध बनाउने बित्तिकै नेपालमा त्यस्ता व्यक्तिमाथि आक्रमण सुरु हुने सुवेदीको भनाइ छ । उहाँले अब केपी ओलीलाई धुस्नु बनाउने काम सुरु हुने दावी गर्नुभयो । ओली र मोदीको मिलनले चीनलाई पनि फाइदा पुगेको छ ।
 
यो कुरालाई पश्चिमाहरुलाई भने मन परेको छैन । अमेरिका र पश्चिम युरोपका मुलुकले भारतमा नरेन्द्र मोदीलाई मन पराएका छैनन् । सुवेदीको मतअनुसार मोदी आफैले निर्णय गर्ने बलिया नेता हुन् । अमेरिकी र पश्चिमाहरु भारतमा आफूले भनेको मान्ने र चीन घेर्ने पात्राको खोजीमा हुन्छन् । त्यो पात्र नरेन्द्र मोदी होइनन् । उनी आफै निर्णय गर्न सक्ने बलिया नेता हुन् ।
 
नरेन्द्र मोदीलाई आगामी वर्षको चुनावमा हराउने योजना पश्चिमाहरुको छ । नेपालमार्फत पनि उनीहरु भारतमा खेल्न सक्छन् । यसका लागि केपी ओलीलाई अल्पमतमा पार्ने योजना उनीहरुको छ । केही एमालेकै नेताहरुलाई बाहिर राखेर भए पनि उनीहरुले भारतको प्रतिपक्षी राजनीतिज्ञसँग धेरै हदसम्म झुकाव भएका सम्बन्ध भएका मानिसहरुलाई सचिवालयमा राखेर भएर पनि नेपालमा वाम एकता भएको हो । केपी ओली अहिले कागजी बाघ मात्रै हुन् । वाम एकताको सूत्र पश्चिमा हुन् । डार्क हर्स माधवकुमार नेपाल हुन् । मेन स्कोरर भनेको प्रचण्ड हुन् ।


विश्लेषक सुवेदीको बुझाइअनुसार भारतको भारतीय जनता पार्टीले नेपालको संविधान मन पराएको छैन । उनीहरुले नेपाल जसरी पनि हिन्दु राष्ट्र होस भन्ने पक्षमा थियो । त्यो नभएपछि नाकाबन्दी लाग्यो । अहिलेसम्म नेपालमा भएको परिवर्तनमा भारतको दमनकारी भूमिका निर्वाह भएको छ । नेपालमा पनि धर्मनिरपेक्ष हटाउन मोदीले नाकाबन्दी लगाएका हुन् । चीनलाई पनि यहि चाहन्छ ।
 
नेपालका नेताहरुले पटक पटक हामी सार्वभौम छौं भन्छन् । एक स्वतन्त्र राष्ट्रका नेताले सधै यो कुरा दोहोर्याउन पर्दैन । सुवेदी भन्नु हुन्छ, ‘नेतालाई थाहा छै कि हामी सार्वभौम राष्ट्र होइनौं । तर जनतालाई त्यो कुरा हो झै गरी भनिरन्छन् ।’
 
सुवेदीले हालैको सरकारी नीति तथा कार्यक्रमबारे पनि टिप्पणी गर्नुभएको छ । उहाँको नीति तथा कार्यक्रमहरु आश्वासनका पुलिन्दा भएको उल्लेख छ । नेपालमा रेल चलाउने भन्ने कुरा पनि आर्थिक सम्भाव्यताका आधारमा पनि सम्भव छैन । नेपाल आफैले चलाउनु भन्दा भारतको पश्चिम बंगाल र महाकाली पारि जोडिने गरी चलाउँदा बढी नाफा आर्जन गर्न सकिने सुवेदीको सुझाव छ । नेपालको  ढुकुटी सकिएको पनि भन्ने र ठूला ठूला पूर्वाधारका कुरा पनि नीति तथा कार्यक्रममा आउनुले शंका उत्पन्न गरेको दावी सुवेदी गर्नुहुन्छ ।

nema
Show More

Related Articles

Back to top button