समाचार
बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
कैलाली, जेठ २९ । कैलालीको लम्कीचुहा–१० मा बसको ठक्करबाट दुई वर्षीय बालकको ज्यान गएको छ ।
स्थानीय महेन्द्र भण्डारीका २ वर्षीय छोरा भुवनको मृत्यु भएको प्रहरीले जनाएको हो । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो ।
मंगलबार बिहान साढे ८ बजे भे१क ४४३ नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने बससहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
