अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच काेरियाली प्रायद्वीपलार्इ परमाणु निशस्त्रिकरण गर्नेलगायत चारबुँदे सहमति भएको छ ।
दुर्इ शीर्ष नेताबीच सिंगापुरमा अाज बिहान भएको एेतिहासिक शिखर वार्तामा उत्तर कोरियाका सर्वाेच्च नेता किम परमाणु हतियार निशस्त्रिकरण प्रक्रिया पूरा गर्न सहमत भएका हुन् ।
ट्रम्प र किमबीच सिंगापुरको सेन्तोसा आइल्यान्डमा बहुप्रतीक्षित शिखर वार्तामा भएकाे थियाे । सहमति पत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन् ।
यसलार्इ विज्ञहरूले कोरियाली प्रायद्वीपमा शान्तिस्थापनाका लागि महत्वपूर्ण कमदम मानेका छन् ।
ट्रम्प-किमबीचकाे चारबुँदे सहमति यस्ताे छ । (सहमति नेपालीमा अनुवाद गरिएकाे हाे )
१) अमेरिका र उत्तर कोरिया नयाँ कूटनीतिक सम्बन्ध स्थापनाका लागि प्रतिबद्धता व्यक्त गर्दछौँ । दुई देशका नागरिकको चाहनाअनुसार अमेरिका–उत्तर कोरिया सम्बन्ध स्थापना हुनेछ र शान्ति तथा समृद्धिका लागि काम हुनेछ ।
२) कोरियाली प्रायद्वीपमा स्थायी शान्ती स्थापनाका लागि अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्नेछन् ।
३) गएको अप्रिल २७ मा पानमुजोममा भएको घोषणाअनुसार कोरियाली प्रायद्वीपलाई परमाणु हतियार निशस्त्रिकरण गरिनेछ ।
४) अमेरिका र उत्तर कोरिया एओडब्लु एमआइएलाई निरन्तरता दिइनेछ र सुधार पनि गरिनेछ ।
तस्बिर : राेयटर्स