समाचार

वरिष्ठ न्युरो सर्जन डाक्टर देवकोटाको अन्त्येष्टी आज गरिने

५ आषाढ, काठमाडौैँ÷
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सरकारी सम्मानका साथ आज अन्त्यष्टी गरिने भएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीरलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । श्रद्धाञ्जलीपछि आज नै पशुपति आर्यघाटमा सरकारी सम्मानसहित दाहसंस्कार गरिने भएको हो । हिजो साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका देवकोटाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने र ७ दिनमा काजकिरिया सक्ने बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) ले जनाएको छ ।
देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले अस्पताल परिसरमा राखिएको छ । अहिले अस्पताल परिशरमा श्रद्धाञ्जली दिनेहरुको घुइचो लागेको छ । दिउँसो १ बजेपछी नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ । डा. देवकोटाको काजकिरिया उहाँकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उहाँ आफैले स्थापना गरेको न्युरो अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

nema
Show More

Related Articles

Back to top button