‘यो ग्यालरीमा होइन, हाम्रो मुटुमाथि डोजर चलेको हो’
२०७९ भदौ २३ गते
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/09/pokhara-art-galary-photo-2-1024x621.jpg)
२३ भदौ, पोखरा । ‘यो केवल एउटा घर, बिल्डिङमात्रै होइन । योसँग हाम्रो थुप्रै सम्झनाहरु जोडिएको छ । बाल्यकाल जोडिएको छ, यो हल बन्दै गर्दा यहाँ आएर खेलेको अझै याद छ । बाबाहरुले आफैं इँटा, सिमेन्ट बोकेर बनाएको ग्यालरी अहिले भत्काउन लाग्दा साह्रै नरमाइलो लागेको छ’, महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरीको भवनमा महानगरको डोजर चल्दै गर्दै ठीक अघिल्तिर उभिएर कलाकार हेमकान्ती गुरुङ भन्दै थिइन् ।
पोखरा आर्ट ग्यालरी पोखराकै एकमात्र आर्ट ग्यालरी हो । महानगरले महेन्द्रपुल फराकिलो बनाउने भन्दै ग्यालरीमाथि डोजर चलाउँदा उनीहरुको मन कुँडिएको छ ।
ग्यालरीमा ‘अनन्त रेखाहरु’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ । सिर्जनशील कलाकार समूहले गरेको प्रदर्शनी २५ गतेसम्म चल्ने छ । वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यान’, बुद्धिबहादुर गुरुङ, आलोक गुरुङ, विश्व शाक्यदेखि अनुज पुस्तासम्म ८५ जना सहभागी रहेको प्रदर्शनीलाई भदौ १० गते उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले नयाँ विकल्प नभेटिँदासम्म ग्यालरी नहटाउने आश्वासन दिएका थिए ।
तर उनको आश्वासन विपरीत चित्रकला प्रदर्शनी चलिरहेकै बेलामा नयाँ ठाउँको विकल्प नदिइकनै बिहीबार डोजरको सबैभन्दा पहिलो हिर्काइ आर्ट ग्यालरीमाथि पर्यो ।ग्यालरीमाथि डोजर चल्दा छेउमै बसेर भावुक मुद्रामा हेरिरहेका थिए, कलाकार हेमकान्ती गुरुङसँगै, ज्योति गुरुङ र सिर्जनशील कलाकार समूहकै अध्यक्ष मिलन शेरचन ।
copied from online khabar
![nema](https://bpbichar.com/wp-content/uploads/2021/02/ezgif-5-564eeda8000c.gif)