असार १३ गते तरुण दलले रत्नपार्कमा सरकारको भण्डाफोर गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेकपा नेतृत्वको सरकारले गरेका गलत निर्णयको बिरोधमा भण्डाफोर कार्यक्रम गर्ने भएको छ ।
तरुण दल असार १३ गते काठमाडौंको रत्नपार्कमा सरकार विरुद्ध भण्डाफोर कार्यक्रम गर्न लागेको हो । कार्यक्रम दिउँसो २ वजे शुरु हुने बताइएको छ । तरुण दलका नेताहरुले सम्बोधन गर्ने भण्डाफोर कार्यक्रममा चर्चित कलाकारहरु, कवि, साहित्यकार, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेन तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बताए ।
केन्द्रीय कार्यसमितिको निर्णय अनुसार देशैभरी प्रशिक्षण अभियान सम्पन्न गरेको तरुण दलले संगठनलाई थप मजबुत र शशक्त बनाउन सञ्चालन गरिरहेको अभियान अन्तरगत असार १३ गते भण्डाफोर कार्यक्रम आयोजना गरिन लागेको उनले बताए ।
मूल्यबृद्धि, अदालतको अपहेलना, प्रेसमाथिको हस्तक्षेप, सरकारको निरंकुश चरित्र, ओली सरकारका गलत क्रियाकलाप र रबैयाको भणडाफोर गर्न देशैभरी बिरोध सभा, मुख्य चोकमा कोण सभा आयोजना गर्न लागिएको महासचिव शाहीले जानकारी दिए ।
तरुण दलले असार महिनालाई ‘‘युवा संवाद नागरिक सद्भाव’’ अभियानका रुपमा मनाई रहेको छ । संगठनलाई थप मजबुत र शशक्त बनाउन तरुण दलले असार महिनामा देशैभरी ‘‘युवा संवाद नागरिक सद्भाव’’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको बताएको छ ।
अभियान अन्तर्गत तरुण दलले असार १५ गते किसानहरुलाई साथ दिन सवै तरुणहरु तरुण दलको झण्डा बोकेर खेत–खेतमा धान रोपाईमा सक्रिय सहभागी हुने कार्यक्रम यसअघि नै तय गरेको थियो