नेपाली कांग्रेस

वी.पी विचार राष्ट्रिय समाज ३ नंवर प्रदेशको विशाल सम्बोधन सभा जेष्ठ १८ गते हुने ।

२८ बैशाख, काठमाडौैँ÷वी.पी विचार राष्ट्रिय समाजले प्रदेश नंवर ३ मा विशाल सम्बोधन सभा गर्ने भएको छ । गत बैशाख २१ गते तनहुँको दमौलीमा वी.पी कोइरालाको विचारलाई पार्टीमा स्थापित गर्ने उदेश्यले भएको सभा सफल भएपछि प्रदेश नंवर ३ मा जेष्ठ १८ गते विशाल सम्बोधन सभा गर्न लागिएको हो । सभाले पार्टीमा हराउँदै गएको वी.पीको विचारलाई स्थापित गराउन सफल हुने समाजले जनाएको छ ।
 
शुक्रवार ३ नंवर प्रदेशका सभापति खेमराज सेढाईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले जेष्ठ १८ गते दिनको १ बजे सम्वोधन सभा गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश नंवर ३ मा रहेका १३ वटा जिल्लाबाट उपस्थित हुन काँगे्रस कार्यकर्तालाई आह्वान गरेको छ । काठमाडौँ धुम्बाराईको धुम्ब्रबाराह पार्टी प्यालेसमा हुने सभामाा नेपाली काँगे्रसका शद्धेय नेता के.वी गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको वी.पी विचार राष्ट्रिय समाजका प्रचार विभाग प्रमुख रेवतीप्रसाद भुसालले जानकारी दिनुभयो । अन्य प्रदेशमा समेत सभा आयोजना गरिने उहाँले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button