नेपाली कांग्रेससमाज

कांगे्रसले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । पोखराको चिप्लेढुंगामा सरकारविरुद्ध प्रर्दशनका क्रममा काँगे्रसले प्रधानमन्त्री ओलीको राजीनामा मागेको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले नेपाली चेलीमाथि तुच्छ आरोप लगाउने कानून मन्त्री शेरबहादुर तामाङको केसमा प्रधानमन्त्री पनि जिम्मेवार भएकाले ओलीले राजीनामा दिनुपर्ने बताए ।
जुलुसका सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइदैन, मूल्य बृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए ।
उनले वर्तमान ओली सरकार सर्वसत्ताबाद र अधिनायकबादतर्फ उन्मुख भएको आरोप लगाए । लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुने भएपनि वर्तमान सरकार प्रेसमाथी अनुदार भएकाले अधिनायकवादविरुद्ध पत्रकारपनि लड्नुपर्ने बताए ।
उनले वाइड बडी विमान खरिदमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले करोडौं भ्रष्टाचार गरेको भन्दै कारबाहीको माग गरे । प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीले तीनै तहको सरकारले बढाएको करले उद्योग व्यवसाय धरासायी हुने चेतावनी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button