काठमाडौं— राजधानीको सामाखुसीमा इनार सफा गर्ने क्रममा शुक्रबार तीनजना मदजुरको ज्यान गएको छ । इनार सफा गर्न क्रममा निसास्सिएर तीनैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले उद्दार गरेपनि उनीहरुको इनाभित्रै मृत्यु भइसकेको सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी गौतम केसीले जानकारी दिए । मृत्यु हुनेमा काठमाडौ महानगरपालिका—२६ का ७० वर्षीय मेखवर्ण गौतम, भारत हाजिपुरका अशोक कुमार र कैलाली टिकापुरका रमेश चौधरी रहेको प्रहरी बताएको छ।
