breaking

नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति आगामी भदौ २ गतेसम्म मान्य हुने

२३ साउन, काठमाडौैँ÷ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल आगामी भदौ २ गतेसम्म मान्य हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस नेताहरुको बैठकले आगामी भदौ २ गतेसम्म नैनसिंह महरको अध्यक्षतामा रहेको कार्यसमितिको कार्यकाल मान्य हुने निर्णय गरेको हो ।
उमेदवारी दर्ता गरेको मितिबाट गणना गर्दा नेविसंघको वर्तमान कार्यसमितिको दुई वर्षिय कार्यकाल आज समाप्त हुँदै थियो । नेविसंघको विधान अनुसार दुई वर्षे कार्यकालभित्रै महाधिवेशन गराउन नसकिए तीन महिना म्याद थप्न सकिन्छ । नेविसंघमा देखिएको विवाद समाधान गर्न कांग्रेसले नेविसंघ निर्देशन समिति सदस्यसहित १० सदस्यीय मेलमिलाप समिति गठन गरेको छ ।
उक्त समितिको बैठकले भदौ २ गतेपछि थप गर्नुपर्ने अवस्था आए विधानतः तीन महिना म्याद थप गर्ने वातावरण सिर्जना गर्ने सहमति पनि जुटाएको छ ।
यसैबीच नेविसंघको असन्तुष्ट समूहले बुधबार नै काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा १२ औं महाधिवेशनको सुनश्चितताका लागि भन्दै अन्तरक्रिया गरिरहेको छ । नेविसंघ महाधिवेशन पक्षधरका नाममा आयोजना गरिएको असन्तुष्ट पक्षधरको उक्त अन्तरक्रियामा कांग्रेस नेता चन्द्र भण्डारी विशिष्ट अतिथि रहेका छन् ।

nema
Show More

Related Articles

Back to top button