breakingसमाचारअन्तर्वार्तासमाजसंस्था गतिबिधीवी पी विचार

वीपीले ८ बर्ष लामो भारतको निर्वासन त्यागेर नेपाल फर्केको दिनको सम्झनामा चियापान

काठमाडौँ÷वीपी विचार राष्ट्रिय समाजले पौष १६ गते चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । वीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको निति अवलम्वन गरी ८ वर्ष लामो भारतको निर्वासन त्यागेर नेपाल फर्केको दिन २०३३ साल पौष १६ गतेको स्मरणमा प्रतेक वर्ष पौष १६ गते चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।
विचार राष्ट्रिय समाज केन्द्रिय कार्य सम्पादन समितिको हालै सम्पन्न वैठकले चियापान कार्यक्रममा नेपाली कांग्रेस पार्टीका नेताहरु, अन्य राज नैतिक दलका नेताहरु , नेपाल स्थित कुटनितिक नियोगका प्रतिनिधिहरु , नेपाली कांग्रेसका भातृ संगठन र शुभेच्छुक संघका पदाधिकारी तथा सदस्यहरु , प्राध्यापकहरु , कानुन व्यवसाइहरु , पत्रकारहरु तथा शिक्षकहरु र अन्य वि।पि।विचार र सिद्धान्तका शुभचिन्तकहरुलाई आमन्त्रण गरिने जनाएको छ । समाजको वैठकले समाजको प्राज्ञ समुहले उहाहरुलाई सुम्पेको पुस्तक प्रकासनको जिम्मेवारी पुरा गर्नु भएकोमा हार्दिक धन्यावाद दिदै समुहमा रहनु भएको कतिपय सदस्यहरुको आफनै कार्य व्यस्तताले समाजको काममा आफनो
समय दिन असमर्थता व्यक्त गर्नु भएको हुदा प्राज्ञ समुहलाई पुनःगठन गर्ने निर्णय गरेको छ । साथै सम्वन्धित सवै संग परामर्ष गरी प्राज्ञ समुह गठन गर्न सभापति समक्ष नाम पेस गर्न प्रा। डा। वाशुदेव खनाललाई जिम्मा दिने निर्णय गरेको छ । साथै वैठकले महिला विभागको पनि पुनरगठन गर्ने निर्णय गरेको छ । कार्य समितिकी सदस्य ईन्दिरा सापकोटालाई महिला विभागको गठनका लागी सभापति समक्ष नाम पेस गर्ने जिम्मेवारी पनि बैठकले दिएको छ ।
 

nema
Show More

Related Articles

Check Also
Close
Back to top button