breakingसमाचारनेपाली कांग्रेस

कार्यकर्ताको हत्याको विरोधमा काँगे्रसले ग¥यो सर्लाहीमा विरोध प्रदर्शन

सर्लाही — सर्लाहीको रामनगर गाउँपालिकामा आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गरेको भन्दै कांग्रेसले मृतकलाई शहिद घोषणा र शान्ति सुरक्षाको माग गर्दै बुधवार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागी हुन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि सर्लाही पुग्दैछन । मंगलबार विहान सत्ता पक्ष नेकपा र नेपाली कांग्रेसको कार्यकर्ताबीच झडपको क्रममा गोली चल्दा रामनगर गाउँपालिका–४ बौहर्वाका ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको थियो। अघिल्लो दिन वडा अध्यक्षमाथि मरणासन्न हुनेगरी कुटपीट हुनु र भोलीपल्ट उनकै काकाको हत्या हुँदा समेत प्रहरी प्रशासनले पुरै बेवास्ता गरेको कांग्रेस नेताको आरोप छ।
कांग्रेस क्षेत्र नम्बर ४ का संघीय संसद अमरेश सिंहले मृतकलाई सहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति र आक्रमणमा संलग्नलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडी नबढाएसम्म विरोध जारी राख्ने र सदरमुकाम समेत ठप्प पार्ने चेतावनी दिएका छन्। घटनामा प्रहरी प्रशासन गम्भीर नभएकाले जिल्ला प्रहरी र जिल्ला प्रशासन घेराउ गर्ने जनाए। उनले दोषिलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडी नबढाएसम्म आफन्तले शव समेत नबुझ्ने बताएका छन्।
घटनामा एकै पक्षका ७ जना घाइते छन्। आक्रमणकारी समूहले स्थानीयको दर्जनौं घरहरुमा समेत ढुंगामुढा प्रहार गरी तोडफोड गरेका थिए।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले घटनामा संलग्न दोषिलाई यथाशिघ्र नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडी बढाईने बताएका छन्।

nema
Show More

Related Articles

Back to top button