breakingसमाचार

नेपाली काँगे्रसको महासमिति बैठक स्थलमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन

१ पौष, काठमाडौैँ÷ नेपाली कांग्रेसको महासमिति बैठक स्थलमै हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको छ । महासमिति बैठक चलिरहेको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलनलाई तिब्र पारिएको हो ।
कांग्रेसको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेका प्रशान्तमान सिंह नेतृत्वको एक समूहले हस्ताक्षर संकलन गरेको हो । उक्त संकलित हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाईनेछ ।
जनतालाई सदैव सार्वभौम मान्ने हामी लोकतन्त्रवादीले धर्मका विषयमा बहुसंख्यक जनताको मागलाई सम्बोधन गर्न नसके काँगे्रसलाई लोकतान्त्रिक पार्टी भन्न नमिल्ने प्रचार सामाग्रीमा उल्लेख गरिएको छ । हस्ताक्षर संकलन गर्ने ठाउँमा राखिएको प्रचार सामग्रीमा लेखिएको छ, ‘नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा अंगिकार गर्ने गरी पार्टीको विधान र संविधान संशोधन हुनुपर्छ। यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्दै महासमिति सदस्यको हस्ताक्षर गरेका छौं।’
तीन सय बढी महासमिति सदस्यले उक्त अभियानमा हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका केही नेताहरुले हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने वा धर्म निरेपक्ष खारेजी गर्नुपर्ने माग राख्दैं आएका छन् ।

nema
Show More

Related Articles

Back to top button