breakingसमाजवी पी विचार

वीपीको विचार आत्मसाथ गर्न नसक्दा काँगे्रस संकटग्रस्त ः के.वी गुरुङ

८ पौष, काठमाडौैँ÷वीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङले काँगे्रसले वीपीको विचार आत्मसाथ गर्न नसकेका कारण पार्टी संकटग्रस्त बन्दै गएको बताएका छन् । आइतबार वीपी विचार समाज कास्कीले आयोजना गरेको वीपी विचार विषयक प्रशिक्षण तथा संगठन विस्तार कार्यक्रममा गुरुङले काँगे्रसमा वीपीको विचार अनुशरण गर्ने नेताको खडेरी पदै गएको बताए ।
वीपीले देखाएका बाटोमा काँगे्रस अगाडि बढे पार्टीमा कुनै विचलन नआउने गुरुङको दाबी छ ।
कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले काँगे्रसले प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने नसकेको आरोप लगाए । सोही कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका सह—सभापति गोविन्दराज जोशीले वीपीले देखाएका बाटो काँगे्रसले भुलेकाले पार्टी कमजोर बनेको दाबी गरे । वीपीको विचारलाई आत्मसाथ गर्न सके पार्टीको सवलिकरण हुनेमा जोशीले जोड दिएका हुन ।
सोहि कार्यक्रममा धारणा राख्दै केन्द्रीय सदस्य रामबहादुर गुरुङ, लोकेश ढकाल, गण्डकी उपाध्यक्ष खेमराज पौडेल, सचिव फणिन्द्रराज कोइराला लगायतले आफ्ना विचार राखेका थिए ।
प्रदेश तथा जिल्ला कार्यसमिति गठन तिब्र
यसैबीच, वीपी विचार राष्ट्रिय समाजले प्रदेश तथा जिल्ला समिति गठनलाई तिब्रता दिएको छ । सोही कार्यक्रममा कास्की जिल्ला समिति घोषणा गरिएको छ । समाजको संयोजकमा तिर्थ जंगली, सहसंयोजकमा पदमशरण रेग्मी, सचिवमा फणिन्द्रराज कोइराला, सहसचिवमा कृष्णप्रसाद नेपाल, कोषाध्यक्षमा हिरादेवी शर्मा चयन भएका छन् ।
कार्यक्रममा वीपी विचार समाजको गण्डकी प्रदेश समिति समेत गठन गरिएको समाजले जनाएको छ । समितिमा स्याङजाका खगेन्द्रराज रेग्मीको नेतित्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । उपसभापतिमा सोमराज पौडेल, सचिवमा प्रसान्त गिरी, सहसचिवमा चन्द्रवती पौडेल, कोषाध्यक्षमा हिरादेवी शर्मालाई चयन गरिएको वीपी विचार राष्ट्रिय समाजले जनाएको छ ।
 

nema
Show More

Related Articles

Back to top button