३० पौष, काठमाडौैँ÷ नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले माघे संक्रान्ति पर्वको शुभकामना ब्यक्त गर्नुभएको छ । माघ १ गतेका दिन मकर संक्रान्ति(माघे संक्रान्ति) लाई नेपालका विभिन्न जातजातिहरुले विशेष पर्वका रुपमा मनाउने गरेका छन् । प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थलको रुपमा नेपाललाई विश्व मानचित्रमा चिनिने गरिएको छ । नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वहरुको आफ्नै विशेषता रहेको छ । नेपालमा एक अर्काको चाडबाड तथा संस्कृतिको आदर र सम्मान गर्ने विशिष्ट परम्परा सदिऔैँ देखि रहि आएको छ ।
सभापति देउवाले आफ्नो शुभकामना सन्देशमा आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना वढाउने काममा कोशेढुंगा सावित बताउनुभएको छ ।