समाचारविश्व

मलेसियामा सुल्तान अब्दुल्लाहले लिए नयाँ राजाको सपथ

क्वाललाम्पुर÷ मलेसियाको पहाङ राज्यका सुल्तान अब्दुल्लाह अहमद शाहले मलेसियाको नयाँ राजाका रुपमा शपथ ग्रहण गरेका छन् ।

तीन हप्ताअघि मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको घोषणा गरेपछि एकहप्ता अघि अब्दुल्लाहलाई नयाँ राजा चयन गरिएको थियो।

यस्तै, पेराकका सुल्तान नजरिन शाहले सहायक राजाको रुपमा शपथ लिएका छन् ।

शपथ समारोहमा मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद लगायत मलेसियन नेता र राजपरिवारका सदस्यहरुको उपस्थिति रहेको थियो।

आफ्नो बुबा पहाङका पूर्व सुल्तान अहमद शाह १९७९ देखि १९८४ सम्म राजा बनेको बेला अब्दुल्लाह सन् १९७६ मा युवराज नियुक्त भएका थिए।

संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ। राजगद्दी खाली भएको एक महिनाभित्रै निर्वाचन मार्फत नयाँ राजा छनौट गर्नुपर्ने प्रावधान रहेको छ।

सुल्तान मुहम्मदको गद्दी त्गागसँगै फेरी पहाङका सुल्तान अहमद शाहको राजा बन्ने पालो रहेको थियो।

तर ८८ वर्षे अहमदको स्वास्थ्य अवस्था राम्रो नभएकाले उनले सुल्तानका रुपमा राजीनामा दिँदै आफ्ना छोरा पहाङ रेजेन्ट तेङकु अब्दुल्लाहलाई राजा बन्ने बाटो खुल्ला गरिदिएका थिए।त्यसपछि मलेसियाका ९ राज्यका सुल्तानहरुको बैठकले अब्दुल्लाहलाई नयाँ राजामा चयन गरेको थियो।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button