breakingसमाजगतिविधिनेपाली कांग्रेस

वीपी विचार राष्ट्रिय समाजले ७७ वटै जिल्लामा चैत मसान्तसम्म जिल्ला अधिवेशन गर्ने

१३ फागुन, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजले ७७ वटै जिल्लामा रहेका आफ्ना शाखाहरुलाई चलाएमान बनाउने भएको छ । सोमवार समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी चैत महिनाको दोस्रो सातासम्म जिल्ला अधिवेशनका लागि तयारी तिब्र पार्ने लगायतको निर्णय गरेको हो । समाजको केन्द्रीय कार्यालय काठमाडौैँको चण्डोलमा बसेको बैठकले समाजको राष्ट्रिय भेलाको मिति तय गर्ने बारेमा पनि छलफल भएको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो ।

वीपी विचार डटकमसँग कुराकानी गदै महासचिव चन्दले ७७ वटा जिल्लामध्ये केही जिल्लामा संगठनको क्रियाकलाप सन्तोषजनक रुपमा अगाडी बढेको बताउनुभयो । नेपाली काँगे्रस पार्टीप्रति डर उत्पन्न भएकाले समाजका कार्यकर्ता अन्योलमा परेको चन्दले स्विकार गर्नुभएको छ । अन्योलमा परेका समाजका पदाधिकारीलाई वास्तविकता वताउनको लागि समाजले प्रयास गरिरहेको उहाँले बताउनुभयो ।


वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय पदाधिकारीहरु जिल्लामा खटिएर कार्यकर्तामामा उत्पन्न भएको नैराश्यताको अन्त्य गर्न लागिपर्ने महासचिव चन्द्रले बताउनुभयो ।

बैठकको रिर्पोट भिडियोमा छ ।

nema
Show More

Related Articles

Back to top button