समाचार

प्रधानमन्त्री चढेको विमान ‘होल्ड’ भएपछि छानविन समिति

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली चढेको विमानलाई अवतरणका क्रममा आकाशमा होल्ड गरिएकोबारे छानविन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति बनाएको छ ।

मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लगाउनुपरेको थियो । यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्नेबारे अब छानविन हुने मन्त्रालयका एक अधिकारीले बताए ।

प्रधानमन्त्री बिरामी पनि भएकाले जहाज होल्ड गरिएको विषयलाई अझै बढी गम्भीर रुपमा लिइएको हो ।’

विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारवाही गर्न समितिले सिफारिस गर्नेछ ।

nema
Show More

Related Articles

Back to top button