breakingसमाचारनेपाली कांग्रेस

सीके राउतसँगको सम्झौताको बुँदा २ बारे संसदमा चर्काचर्की

काठमाडौं÷ प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलका नेताहरुले स्वतन्त्रत मधेश गठबन्धनका संयोजक डाक्टर सीके राउतसँग भएको सम्झौताको कारण माग गर्दै जनमतसंग्रहको स्पष्टीकरण माग गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा दुबै पक्षका सांसदहरुले नेपाललाई बिखण्डन गर्न आन्दोलन गरिरहेका सीके राउतसँगको भएको ११ बुँदै सम्झौतामा जनमतसंग्रहको विषय विवादित भएको भन्दै सरकारसँग स्पष्ट पार्न माग गरेका हुन ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरु गगन थापा र डा।मिनेन्द्र रिजालले जनमतसंग्रह बारे स्पष्ट गर्न सरकारसँग माग गरेका छन् ।

यसैगरी नेकपाका नेता एवं सांसद भीम रावलले पनि सम्झौतामा जनमत संग्रहको कुरा आएकोले यसबारे स्पष्ट गर्न माग गरे।

उनले पुनः अर्को वक्तव्य जारी गरेर यस विषयमा स्पष्ट गर्नु पर्नेमा जोड दिएका छन् ।

ने क पाका सांसद महेश बस्नेतले सरकारको बचाउ गर्दै बुँदा २ मा जनमत संग्रह नै नभएको दाबी गरेका छन । डलरबादीहरुले यसलाई विरोध गरेको सांसद बस्नेतले उल्लेख गरे । सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको छ। हामीले सिटामोल खुवाएपछि ठीक हुनुहुनेछ। दुई नम्बर बुँदामा कहाँ जनमतसंग्रह छरु त्यस विषयमा छलफल गर्न तयार छौं। बस्नेतले भने

nema
Show More

Related Articles

Back to top button