समाचार
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द
१८ चैत, काठमाडौैँ÷ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मत गर्न‘पर्ने भएपछि दैनिक १० घण्टा बिमानस्थल बन्द गर्न लागिएको हो ।
सोमबारदेखि तीन महिनासम्म दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म बिमानस्थल बन्द रहने विमानस्थल कार्यलयले जनाएको छ । मर्मतको अवधिभर विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला रहनेछ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कँदा पटकपटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत गर्ने योजना बनाएको हो ।
