समाचार

बालुवाटरको विवादित जग्गामा राष्ट्रिय झण्डा गाड्न खोज्ने दुई दर्जन पक्राउ

काठमाडौं, वैशाख ४ । बालुवाटारस्थित विवादित जग्गामा राष्ट्रिय झण्डा गाड्न खोज्ने विवेकशील नेपाली दलका दुई दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै पार्टीका अध्यक्ष उज्ज्वल थापासहित उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुले बालुवाटारस्थित विवादित ललिता निवास क्याम्पको ११३ रोपनी जग्गामा राष्ट्रिय झण्डा गाड्ने प्रयास गरेका थिए ।
भूमाफियाले हडपेको खुला जग्गा जोगाउन नागरिक नै सक्रिय हुनु पर्ने सन्देशसहित यो अभियान काठमाडौंबाट सुरु गरि देशव्यापी बनाइने पार्टीका अध्यक्ष थापाले जानकारी दिए ।
भूमाफियालाई सरकारले संरक्षण गरेको भन्दै दलका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए । दलका नेता, कार्यकर्ताहरुले बालुवाटारमा रहेको १ सय १४ रोपनी त्यो जग्गा भूमाफियाबाट फिर्ता लिएर नागरिकका लागि उपयोग गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।

nema
Show More

Related Articles

Back to top button