समाचार
बुधबारसम्म हुरीबताससहित पानी पर्ने सम्भावना
९ वैशाख, काठमाडौं । देशका बिभिन्न भागमा बुधबारसम्म चट्याङ्ग र हुरीबताससहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
देशका पहाडी भू—भागमा दिउँसो र रातिको समयमा मेघ गर्जनका साथै केही स्थानमा चट्याङ र हुरीबताससहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।सोमबार, मंगलबार र बुधबार तीनै दिन मौसमको अवस्था उस्तै रहेने महाशाखाको अनुमान छ ।
सोमबार देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानीसमेत पर्ने अनुमान गरिएको छ भने मंगलबार पूर्वी तथा मध्य क्षेत्रलगायत पश्चिमी पहाडी भू(भागका केही स्थानमा पानी छ ।
बुधबार पनि पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली हुने, केही स्थानमा मेघ गर्जन हुनुका साथै चट्याङ्ग, हुरीबताससहित हल्का वर्षा हुने अनुमान गरिएको छ ।
