समाचारनेपाली कांग्रेस

काँगे्रसलाई कमजोर पार्न गुटउपगुटको हल्ला चलाईएको सभापति देउवाको आरोप

९ वैशाख, झापा ÷ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा गुट छ भनेर हल्ला फैल्याइएको आरोप लगाएका छन्। कांग्रेसलाई कमजोर बनाउन खोज्नेले यस्तो हल्ला फैल्याएको देउवाको दाबी छ । झाापाको चन्द्रगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस सदन र जनताबीच दुवै तर्फ सशक्त भूमिकामा रहेको पनि धारणा राखे। सभापति देउवाले कांग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाइएको भन्दै अब पार्टी थप बलियो र सशक्त हुने ठोकुवा गरे ।
फरक प्रसंगमा उनले बालुवाटारको विवादित जग्गा सुर्वण शम्शेरकी श्रीमती ललिताको भएको र सरकारले अधिग्रहरण गरेको जग्गा कसैले पाउने भए सुर्वणका सन्तानले पाउनुपर्ने समेत तर्क गरे । झापाको दमकमा सोमबार आयोजित सभाका लागि उनी झापा गएका हुन ।

nema
Show More

Related Articles

Back to top button