breakingसमाचारनेपाली कांग्रेस

सरकारको गलत कामको भन्डाफोर गर्दै घरदैलो पुग्ने नेपाली कांग्रेसको निर्णय

काठमाडौं, वैशाख १६ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रिय जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा बसेको बैठकले जागरण अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याउने निर्णय गरेको हो ।
सरकारको कार्यशैली र गलत कामको भन्डाफोर गर्दै जनताको घरदैलो पुग्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले सातओटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने बताए ।
बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार र अनियमितता बढेको भन्दै सरकारको खबरदारी गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शाशांक कोइरालालगायतका नेताको उपस्थिति थियो ।

nema
Show More

Related Articles

Back to top button