समाचारसंस्था गतिबिधी
वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २९ गते बस्ने
१७ बैशाख , काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितिको वैठक वैशाख २९ गते आइतबार बस्ने भएको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा दिउँसो १२ ः ३० बजे बस्ने बैठकमा वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय भेलामा राजनीतिक एवं विभिन्न प्रस्तावमाथि छलफल हुनेछ । साथै केन्द्रीय भेलाको तयारीका बारेमा छलफल केन्द्रीत हुने वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
समाजको राष्ट्रिय भेला आगामी जेष्ठ १८ गते काठमाडौैँमा आयोजना हुँदैछ ।
यसैबीच, वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय भेलाको तयारीको लागि आगामी जेष्ठ १७ गते बस्दैछ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा बैठक बस्ने महासचिव चन्दले जानकारी दिए ।
