समाचार

‘मेरो सरकार भन्ने शब्द जानेरबुझेर नै राखिएको प्रधानमन्त्री ओलीको प्रष्टिकरण

काठमाडौं । भन्ने अभिब्यक्ति जानेर बुझेरनै प्रयोग गरिएको प्रष्ट पारेका छन् । संसदमा नै यसको स्पष्टीकरण दिएका छन् । उनले मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने अभिव्यक्ति दिएपछि आलोचित बनेका प्रधानमन्त्री ओलीले प्रष्टिकरण दिएका हुन ।
प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ भन्ने अभिव्यक्ति जानेर बुझेर नै प्रयोग गरिएको स्पष्ट पारे ।
विगत ३ दिनदेखि आलोचनाको शिकार बनेका प्रधानमन्त्री ओलीले यो अन्तराष्ट्रिय अभ्यास अनुसार नै नेपालमा पनि यस्तो शब्दको प्रयोग गरिएको बताए । उनले राजा महाराजाले मेरो सरकार भन्ने हुँदा निर्वाचित जनप्रतिनिधिले भन्न नहुनेकुरा केहीपनि नरहेको बताए । उनले भारतमा काँग्रेसबाट राष्ट्रपति बनेका प्रणव मुखर्जीले भाजपाको सरकार बन्दा पनि मेरो सरकार भनेको भन्दै नेपालमा पनि भन्न नहुने कुरा केही पनि नरहेको बताए ।
प्रधानमन्त्री ओलीले यो कुरा झुक्किएर हालेको हो कि भन्ने लाग्छ भने त्यो झुक्किएर नभई जानेर बुझेर नै त्यो शब्द प्रयोग गरिएको हो । भारतको संविधानले कार्यकारी अधिकार राष्ट्रपतिलाई दिएको भन्ने तर्फ टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पनि राष्ट्रपतिलाई अधिकार नै नभएको भन्ने पनि नभएको उनको दाबी छ ।
विपक्षीले मेरो सरकार भन्न नसकेकोले आलोचना गरेको हुनसक्ने उनले बताए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button