समाचार

संसद बैठक अवरोध गर्ने राजपाको चेतावनी

काठमाडौं, जेठ ७ । राष्ट्रिय जनता पार्टी नेपालले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्र राय यादवले प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः ‘रुलिङ’ गर्नुपर्ने बताएका हुन ।
उक्त पार्टीले विगतदेखि सो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएकामा सभामुखबाट दुईपटक रुलिङ भइसकेको छ ।
नेता यादवले नेपाली जनताको सार्वभौम अधिकार प्राप्त संसद र सभामुखको रुलिङलाई सबैले मान्नुपर्ने बताए । तर उठाएका विषयमा सभामुखबाट पनि दुईपटक रुलिङ भइसके पनि सरकारले बेवास्ता गर्दै प्रतिवेदन सार्वजनिक गर्न नमानेको उनको भनाई छ ।
संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै उनले आफूहरूको माग सम्बोधन नगरिए आगामी संसदको बैठक अवरोध हुनसक्ने चेतावनी दिए ।
प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ राजपाका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले नेता यादवलाई बोल्न समय दिएका थिए ।

nema
Show More

Related Articles

Back to top button