समाचार

एचआईभी संक्रमित पूर्व राष्ट्रिय खेलाडी सगरमाथाको चुचुरोमा

८ जेष्ठ, काठमाडौैँ÷ २५ वर्षदेखि एचआइभीबाट संक्रमित पूर्व राष्ट्रिय खेलाडी गोपाल श्रेष्ठले बुधवार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । श्रेष्ठले एचआइभी संक्रमित सगरमाथा चढ्ने पहिलो विश्व कीर्तिमानी समेत कायम गरेका छन् । श्रेष्ठले यसअघि थोराङ्–ला पास , आइसल्याण्ड पिक , र भर्जिन पिक खाङ कार्पो लगायतका हिमालहरुको सफल आरोहण सम्पन्न गरेका थिए । ५६ वर्षिय श्रेष्ठले एचआइभीबाट संक्रमित ब्यक्ति पनि स्वस्थ व्यक्ति जस्तै लामो समय बाँच्न मात्र होइन साहसिक काम पनि गर्न सक्छन भन्ने पुष्टी गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button