समाचार

मिडिया काउन्सिल विधेयकमा नेकपा नेता वामदेवको गम्भीर आपत्ति

काठमाडौं÷ सत्तारुढ नेकपाका नेता वामदेव गौतमले सरकार ल्याएको मिडिया काउन्सिल विधेयकलाई सच्याउनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्‍ट पार्टी नेकपाका सचिवालय सदस्यसमेत रहेका गौतमले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषबाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन । गौतमले उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरूप बनाउनुपर्ने आवश्यकता रहेको भन्दै सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित बन्न पनि सुझाव दिएका छन्। तर, समाचार लेखेकै आधारमा पत्रकारलाई १०÷ १० लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित नहरेको उनको धारणा छ।

nema
Show More

Related Articles

Back to top button