समाचार
विश्वहिन्दू महासंघको र्यालीमा प्रहरीद्धारा हस्तक्षेप
पोखरा । बिश्वहिन्दू महासंघको पोखरामा चलेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले चिप्लेढुंगामा ब्यापक घरपकडसमेत गरेको विश्व हिन्दु महासंघले आरोप लगाएको हो ।
केन्द्रीय महासभाको पूर्वसन्ध्यामा र्यालीमा रहेका बेलामा हिन्दू जागरण र हिन्दू संस्कारको जागरण र्याली शान्तिपूर्ण भइरहेका बेलामा प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ ।
प्रहरीको संख्या निकै नै बढी रहेको थियो । बिश्व हिन्दू महासंघ युवा संघका अध्यक्ष युवक लामिछानेले अब चर्को आन्दोलन गर्ने बताए ।
