समाचार

कर्मचारी भर्ना विज्ञापन कानुन सम्मत भएको लोकसेवा आयोगको दावी

लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानून सम्मत भएको दाबी गरेको छ । विज्ञापन आव्हान गर्दा समावेशी समानुपातिक सिद्धान्त उल्लघंन भएको भन्दै विरोध हँुदै आएको बेला आयोगले विज्ञापन कानुन विपरित नभएको दाबी गरेको हो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले स्थानीय र प्रदेश सरकारबाट माग भएका कर्मचारी संघीय सरकारमार्फत अनुरोध भएपछि माग भई आएका पदका लागि आफूहरुले विज्ञापन आव्हान गरेको स्पष्ट पारेका हुन् । स्थानीय सरकारले एक वा दुई जना मात्रै कर्मचारी मागेको अवस्थामा समावेशी, समानुपातिक सिद्धान्त अबलम्बन गर्न गाह्रो हुने उहाँको भनाई छ । आयोगको कोही प्रति पनि गलत मनसाय नरहेको भन्दै उहाँले संविधानमा बांझिएका धारा संसोधन गर्न सुझाव दिएका छन् ।

nema
Show More

Related Articles

Back to top button