समाचार

बैंकहरुमा तरलता अभाव गहिरियो

२९ जेष्ठ, काठमाडौैं÷बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव भएको छ । जेठ २८ गते मंगलबारको विवरण अनुसार बैंकहरुमा २३ अर्ब मात्र अधिक तरलता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
गत साता यस्तो रकम २८ अर्ब हाराहरीमा रहेको थियो। बैंकहरुको अन्तरबैंक ब्याजदर भने अहिले घटेर ६ दशमलव ४ प्रतिशतमा झरेको छ । गत साता अन्तरबैंक व्याजदर साढे ७ प्रतिशत माथि पुगेको थियो।
बैंकिङ्ग प्रणालीमा तरलतामा चाप परेपछि नेपाल राष्ट्र बैंकले जेठ २९ गते बुधबार वित्त बजारमा १० अर्ब रुपैयाँ पठाउने भएको छ। केन्द्रीय बैंकले एक हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो।
केन्द्रीय बैंकले ७ दिनमा (असार ४ गते बुधबार) परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बुधबार अपराह्न ३ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन्।
बैंक तथा वित्तीय संस्थाहरुले ५ प्रतिशतवा सोभन्दा बढी ब्याजदरमा आवेदन गर्न सक्नेछन्। पाँच प्रतिशत वा सो भन्दा कम ब्याजदर कबोल गरी पेश भएका बोलपत्र रद्ध गरिनेछ ।

Show More

Related Articles

Back to top button