breakingसमाचार

गुठी विधेयक खारेजको माग गदै माइतीघरमा उर्लियो जनसागर

काठमाडौं, असार ४ । सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक खारेज गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ ।
सरकारले विधेयक फिर्ता लिएको घोषणा गरे पनि प्रदर्शनकारीहरुले ‘फिर्ता होइन खारेज गर’ भन्दै नारावाजी गरेका छन् ।
विधेयक फिर्ता लिएर सरकारले भ्रम सिर्जना गर्न खोजेको उनीहरुको भनाइ छ । अनुकुल समयमा फेरि पेश गर्न सक्ने गरी सरकारले तत्काल फिर्ता लिएको ठहर गर्दै प्रदर्शनकारीहरुले खारेजीको माग गरेका हुन् ।
गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकारका लागि खबरदारी गर्न आयोजित प्रदर्शन एवं खबरदारी सभामा
ठूलो जनसहभागिता देखिएको छ ।

nema
Show More

Related Articles

Back to top button