समाचार

रसुवागढी—काठमाडौैँ रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब खर्च हुने

३ भाद्र, काठमाडौैँ÷रसुवागढी—काठमाडौं रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । चीनले तयार गरेको प्रारम्भिक सम्भाव्यता रिपोर्टमा रेलमार्ग पुरा हन ९ वर्ष समय लाग्ने उल्लेख छ । करिब ७२.२५ किलोमिटर लम्बाईको रेलमार्ग बनाउन एक किलोमिटरमा सरकारले ३ अर्ब ५ छ करोड खर्चिनुपर्ने अवस्था देखिएको रेल विभागमा प्रवक्ता प्रहाक उपाध्यायले बताउनुभयो । रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले (९८.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्ने चिनियाँ कम्पनी चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्िटच्युटले तयार पारेको रिपोर्टमा जनाइएको छ । रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो । चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ । त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि जारी छ । चीनले सहुलियत ऋणमा रेलमार्ग बनाउने इच्छा देखाएको छ । नेपालले भने अनुदानमै आयोजना बनाइदिन आग्रह गरेको छ ।

nema
Show More

Related Articles

Back to top button