breakingनेपाली कांग्रेस

कांग्रेस संसदीय दलका उपनेता गच्छेदारद्धारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं, असार ५ । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय गच्छेदारले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा उनले आफ्ना धारणा राख्दै सरकार स्वेच्छाचारी बन्दै गएको आरोप पनि लगाए ।
उनले सरकारले संविधानको उल्लंघन गर्दै एकपछि अर्को विधेयकहरु ल्याएकाले प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने अधिकार नभएको बताए । त्यसै मध्येको एक गुठी विधेयकले नेपाली जनताको धर्म र आस्थामाथि प्रहार गरेको उनको भनाई छ ।
दुई तिहाईको शक्तिशाली सरकारका प्रधानमन्त्रीले आफैले ल्याएको विधेयक फिर्ता लिनुपर्ने अवस्था भैसकेपछि कुन नैतिकताले पदमा बस्ने भन्ने प्रश्न गर्दै उनले, ‘प्रधानमन्त्रीले पदबाट राजिनामा दिनुपर्ने बताए ।
सरकारले बलजफ्ती गरेर ल्याएका सबै विधेयक फिर्ता लिन माग गर्दै नेता गच्छेदारले परिवर्तनमा साथ दिने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई अफ्ठ्यारोमा पार्ने गरी मिडिया काउन्सिल विधेयक ल्याइएकाले तत्काल फिर्ता लिन माग गरे ।
केही मधेशी दलहरुले अस्वीकार गर्दागर्दै जारी गरिएको संविधान संशोधनका लागि दिइएको बचन पूरा नगरेका भन्दै उनले आपत्ति पनि जनाए ।

nema
Show More

Related Articles

Back to top button