समाचार
काठमाडौैँको गोकर्णेश्वरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौँ – काठमाडौँको गोकर्णेश्वरमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुन्दरीजलबाट रत्नपार्कका लागि छुटेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णेश्वर–४ तालचोकमा पल्टिएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छैन । अरु १० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीलेजनाएको छ ।
