विश्व

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चीनको चेतावनी

काठमाडौं । बेलायतलाई चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न कडा चेतावनी दिएको छ ।
हङकङमा जारी प्रदर्शनलाई लिएर बेलायती पक्षको टिप्पणीप्रति लक्षित गर्दै चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको हो ।
चीनका लागि बेलायती राजदूतले लिउ सियामिङले विदेश सचिव जेरिमी हन्ट र अन्य बेलायती अधिकारीहरुले प्रदर्शनकारीहरुको गतिविधिलाई लिएर दिएको अभिव्यक्ति चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको र यसले दुई देशको सम्बन्धमा क्षति पुर्याएको उल्लेख गरेका थिए ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले पनि बेलायती विदेश सचिवको अभिव्यक्ति गलत भएको भन्दै आपत्ति जनाएका थिए । बेलायती विदेश सचिवले हङकङका प्रदर्शनकारीहरुलाई बहादुरको संज्ञा दिएका थिए ।
यसअघि बेलायती प्रधानमन्त्री टेरिजा मेले पनि हङकङमा जारी प्रदर्शनलाई लिएर आफुले चिनियाँ नेताहरुसमक्ष चासो प्रकट गरेको उल्लेख गरेकी थिएन ।
सुपुर्दगी विधेयकलाई लिएर हङकङमा एक सातादेखि प्रदर्शन भइरहेको छ ।
गत सोमबार भएको हिंसात्मक प्रदर्शनमा प्रदर्शनकारीहरुले हङकङको विधायकी परिषद्मा प्रवेश गरी तोडफोड गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button